सवारी दुर्घटनामा परी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी बुहारीको मृत्यु भएको छ।मंगलबार साँझ भएको सवारी दुर्घटना परी घाइते भएकी उपप्रधानमन्त्री खडकाको माइली बुहारी सञ्जु खडकाको उपचारको क्रममा मृत्यु भएको हो । साथै, सो कारका चालक गोरखा आँपपिपल–५ का ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएकाे छ ।
मृतक सञ्जु बुढा उपप्रधानमन्त्री खड्काका माइला भाइ डम्बर खड्काकी श्रीमती हुन्। मृतक सञ्जु र डम्बरका दुई छोरा रहेका छन्। उनका श्रीमान डम्बर कर्णाली प्रदेश अस्पतालका निर्देशकसमेत हुन्।कार र बस एक आपासमा ठोक्किदा कार पुरै क्षतिग्रस्त भएको छ भने बसको अगाडीको भाग पुर्ण रुपमा क्षति भएको छ।