संघीय सरकारबाट चितवनका सात पालिकाले साढे चार करोड बढी अनुदान पाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तर्गत चितवनका सात पालिकालाई ४ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ अनुदान दिने भएको हो ।
जसमा भरतपुर महानगरले १ अर्ब ७५ करोड ३ लाख अनुदान पाएको छ । जसमा १ अर्ब २६ करोड ७२ लाख सशर्त र ३९ करोड ६ लाख समानीकरण अनुदान पाएको छ । यस्तै २ करोड ७५ लाख समपूरक र ६ करोड ५० लाख रुपैयाँ विशेष अनुदान पाएको छ ।
कालिका नगरपालिकाले संघीय सरकारबाट जम्मा ४२ लाख ७० हजार अनुदान पाउने भएको छ । कालिकाले समानीकरण अनुदानमा १३ लाख ४९ हजार, ससर्त अनुदानमा २६ लाख ९६ हजार, विशेष अनुदानमा एक लाख ५० हजार र समपूरक अनुदानमा ७५ हजार रूपैयाँ अनुदान पाउने भएको छ ।
खैरहनी नगरपालिकाले पनि ४२ करोड ७० लाख रुपैयाँ अनुदान पाएको छ । जसमा १५ करोड ७६ लाख समानीकरण, २४ लाख १४ हजार सशर्त, २ करोड विशेष र ८० लाख रुपैयाँ समपुरक अनुदान पाएको छ ।
माडी नगरपालिकाले ४७ लाख ५१ हजार अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ । माडी नगरपालिकाले समानीकरण अनुदानमा १२ लाख १५ हजार, ससर्त अनुदानमा ३३ लाख छ हजार, विशेष अनुदानमा एक लाख ८० हजार र समपूरक अनुदानमा ५० हजार रूपैयाँ संघीय सरकारबाट पाउने भएको छ ।
रत्ननगर नगरपालिकाले ५७ करोड १४ लाख रुपैयाँ अनुदान पाएको छ । जसमा १८ करोड १४ लाख समानीकरण, ३६ करोड २० लाख सशर्त, १ करोड ६० लाख विशेष र १ करोड २० लाख समपुरक अनुदान रहेको छ ।
राप्ती नगरपालिकाले ५३ लाख ५९ हजार अनुदान पाउने भएको छ । संघीय सरकारबाट राप्ती नगरपालिकाले समानीकरण अनुदानमा १६ लाख ४ हजार, ससर्त अनुदानमा ३४ लाख ७५ हजार, विशेष अनुदानमा दुई लाख र समपूरक अनुदानमा ८० हजार रूपैयाँ पाउने भएको छ ।
इच्छाकामना गाउँपालिकाले ३९ लाख नौ हजार रूपैयाँ अनुदान पाउने भएको छ । संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०८० र ८१ का लागि इच्छाकामनाले समानीकरणमा ९ लाख ८७ हजार, ससर्त अनुदानमा २६ लाख ७ हजार, विशेष अनुदानमा एक लाख ५० हजार, समपूरक अनुदानमा एक लाख ६५ हजार पाउने भएको छ ।