नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सय रुपैयाँले बढेर प्रति तोला १ लह १२ हजार ७ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १२ हजार १ सय ५० रुपैयाँ कायम भएको छ।