बाराः गोली लागेका प्रधानाध्यापकको मृत्यु

बारा,कात्तिक १३-

बाराको कलैयामा एक प्रधानाध्यापकमाथि गोली प्रहार गरि हत्या गरिएको छ । बारा प्रहरीका अनुसार अज्ञात समूहद्वारा कलैया निवासी रुपेश स्वर्णकारमाथि बोर्डिङ नजिकै मदर्सा टोलमा २ राउण्ड गोली प्रहार भएको हो ।

स्वर्णकारको टाउको र छातीमा गोली लागेर गम्भिर घाइते भएका थिए । गोली लागेका उनलाई उपचारका लागि गण्डक स्थित बयोध्या मेडिसिटि अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्दाजी ३५ वर्षीय स्वर्णकार कलैया ६ का बासिन्दा हुन् । स्वर्णकारले कलैयामा बाल एकता बोर्डिङ सञ्चालन गरेका छन् । घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।

सेयर गर्नुहोस्