spot_img
spot_img

चितवनमा चिउरी संरक्षण अभियान

spot_img
spot_img

चिउरीको संरक्षणका लागि चितवनको पहाडी क्षेत्रबाट ‘चिउरी जोगाउँ’ अभियान सुरुआत गरिएको छ । चिउरीको महत्व बुझ्न नसक्दा दिन प्रतिदिन लोप हुँदै गइरहेको जनाउँदै बाल कल्याण संस्थाले अभियान थालनी गरेको हो ।

चिउरी संरक्षण अभियानअन्तर्गत संस्थाले कालिका नगरपालिका–१० स्थित नान्दरमा छ सय ३५ चिउरीको बिरुवा वितरण गरेको छ । पहाडी क्षेत्रबाट यो अभियान सुरु गरिए पनि विस्तारै पहाडी क्षेत्रसँग जोडिएको तल्लो भेगसम्म पु¥याइने संस्थाका अध्यक्ष पुरुषोत्तम खनालले बताउनुभयो । कोलभञ्ज्याङ, थाप्राङ, साप्रेनी, जिङलाउ, छेरवाङ लगायतका ठाउँबाट स्थानीय बिरुवा लिन नान्दर पुगेका थिए ।

“चिउरी, चमेरो र चेपाङको सम्बन्ध अहिलेदेखि होइन, यिनीहरुको पुर्खाले चिउरीको रुखलाई खुब संरक्षण गरेर राखे”, उहाँले भन्नुभयो, “तर पछिल्लो समय यहाँका चेपाङ चिउरीलाई भन्दा बाहिरी चिजलाई प्राथमिकता दिन थालेपछि चिउरी लोप हुँदै गएको हो”, चेपाङ समुदायमा छोरीलाई चिउरीको रुखनै दाइजो दिने प्रचलन थियो तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई घाँस दिनमात्रै प्रयोग हुन थालेको छ । दाउरा बाल्न थालेपछि चिउरीको रुख विनास हुँदै गएको संरक्षणकर्मी बताउँछन् ।

अध्यक्ष खनालका अनुसार चिउरीबाट पेय पदार्थ बनाउन सकिन्छ, यसको बियाँबाट निस्किएको घ्यू अत्यन्तै लाभदायक छ, यस्तै मौरीजन्य किरालाई परागसेचनका लागि चिउरीको रुखको ठूलो भूमिका हुन्छ । चिउरीको रुख विनाश हुँदै गएपछि चितवनको पहाडी क्षेत्रका डाँडापाखालाई पुनः हरियाली बनाउन संस्थाले चिउरीको बिरुवा वितरण गर्ने अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img