spot_img
spot_img

नाबालिकालाई एलओडी प्रवेश गराउने रुदिल बल्लव श्रेष्ठ पक्राउ

spot_img
spot_img

काठमाडौं ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका रुदिल बल्लव श्रेष्ठ पक्राउ परेका छन् ।

नाबालिकालाई प्रवेश गराएको आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो । यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ गरिएको थियो ।ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर ललितपुर प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको हो ।

गत ३१ जेठमा एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले पक्राउ गरेको हो ।उनीहरुविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ उल्लंघन गरेको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img