spot_img
spot_img

चितवनमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै

spot_img
spot_img

र्वी चितवनको रत्ननगर नगरपालिका–१ स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट चालु आर्थिक वर्षको ११ महिनामा ८३ हजारभन्दा धेरै नागरिकले सेवा लिएका छन् । केन्द्रले सोमबार आयोजना गरेको आयुर्वेद सेवा प्रवर्द्धनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सार्वजनिक गरिएको जेठ मसान्तसम्मको तथ्याङ्कका अनुसार २०७९ साउनदेखि २०८० जेठसम्म ८३ हजार तीन सय ७९ जना सेवाग्राहीले सेवा लिएका हुन् ।

स्वास्थ्य केन्द्रमा उपचार गराउन आएका बिरामीले १० प्रकारका सेवा लिएका केन्द्रकी प्रमुख डा कोपिला अधिकारीले बताउनुभयो । केन्द्रबाट ५० हजार आठ सय ३३ जनाले बहिरङ्ग चिकित्सा, नौ हजार छ सय ६३ जनाले पूर्वकर्म÷पञ्चकर्म, छ हजार छ सय ८० जनाले ज्येष्ठ नागरिक सेवा, छ हजार तीन सय ९४ जनाले नागरिक आरोग्य स्वास्थ्य सेवा, पाँच हजार एक सय ३७ जनाले योग सेवा, दुई हजार आठ सय ५९ जनाले ल्याब सेवा, एक हजार २९ जनाले स्तनपायी आमा तथा शिशु सेवा, चार सय ९१ जनाले अकुपन्चर सेवा, दुई सय ३० जनाले फिजियोथेरापी सेवा र ६३ जनाले अल्ट्रासाउन्ड सेवा लिएको डा अधिकारीले बताउनुभयो ।हाल रत्ननगर नगरपालिकामै आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । भरतपुरमा बागमती प्रदेश सरकारको लगानीमा ५० शय्याको आयुर्वेद अस्पताल सञ्चालनका लागि भवन निर्माण सुरु भइसकेको उहाँको भनाइ छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बकुलहर परिसरमा निर्माणाधीन आयुर्वेद अस्पतालको काम करिब २० प्रतिशत सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

चालु आव २०७९÷८० मा आयुर्वेद अस्पताल निर्माणका लागि रु चार करोड बजेट विनियोजन भएर काम भइरहेको भन्दै डा अधिकारीले बागमती प्रदेश सरकारले आगामी आव २०८०÷८१ मा उक्त भवनका लागि पुनः रु तीन करोड ५० लाख बजेट विनियोजन गरको जानकारी दिनुभयो । बहुवर्षीय योजनाअन्तर्गत निर्माण भइरहेको आयुर्वेद अस्पतालको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।आयुर्वेद अस्पतालको भवन निर्माण सम्पन्न गर्नका लागि करिब रु १३ करोड बजेट आवश्यक पर्ने पूर्वानुमान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नाममा रहेको खाली जग्गामा आयुर्वेद अस्पतालको भवन बनिरहेको छ । नयाँ भवनमा अस्पतालको शय्याका अतिरिक्त थेरापी शय्या, योगहल, प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे कक्ष रहने प्रमुख डा अधिकारीले जानकारी दिनुभयो ।

केन्द्रका सूचना अधिकारी डा देवेन्द्रकुमार यादवले आयुर्वेदिक औषधिको सही तरिकाले सेवन नगरे त्यसले असर गर्ने बताउनुभयो । आयुर्वेद चिकित्साबारे आम जनतालाई बुझाउनु आवश्यक रहेको यादवको भनाइ छ । आयुर्वेद मूल उपचार पद्धति भएको जनाउँदै उहाँले आधुनिक चिकित्सा पद्धतिको विकाससमेत आयुर्वेदबाट भएको बताउनुभयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img