बारामा २६ किलो लागु औषध चरेश र गाँजा सहित २ जना पक्राउ

बारा, मंसिर २६ गते ।

२६ किलो लागु औषध चरेश र गाँजा सहित २ जना पक्राउ परेका छन् । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर २२ स्थित चुरियामाई मन्दिर नजिको जंगलमा लुकाई छिपाई राखेको गाडीलाई चेकजाँच गर्दा २६ किलो ८०० ग्राम अबैध लागु औषध चरेश र गांजा बरामद गरी गाडीमा सवार २ जनालाई बारा प्रहरीले पक्राउ गरेको हो ।

सोमबार करिव साढे नौं बजेको समयमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटे चेक पोष्टबाट बा. १४ च ३७०८ नं.को मारूती सुजुकी कार चेक जाँच नगराई फरार भएको जिल्ला प्रहरी कार्यालय बारामा सुचना प्राप्ता हुना साथ तत्काल जिल्ला प्रहरी बारा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुर, हेटौडा समेतबाट खटेको टोली उक्त गाडीलाई चुरियामाई मन्दिर नजिको जंगलमा लुकाई छिपाई राखेकोमा गाडीलाई चेकजाँच गर्दा २६ किलो ८०० ग्राम अबैध लागु औषध चरेश र गांजा बरामद गरी गाडीमा सवार २ जना मानिस सहित गाडी नियन्त्रणमा लिएको थियो ।

लागु औषधसहित कार चालक चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २७ का ४२ वर्षिय रोशन बहादुर दमई र कारमा सवार चितवन माडी नगरपालिका वडा नं. ६ का ५२ वर्षिय देव नारायण महतोलाई पक्राउ गरि आवश्यक कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सेयर गर्नुहोस्