spot_img
spot_img

काठमाडौँका सामुदायिक विद्यालयमा ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि

spot_img
spot_img

यस बर्ष काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८% ले वृद्धि भएको छ । गएको बर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६%) जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए ।

गएको बर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४%) जना थियो । यस बर्ष ४८६ (१२.४२%) पुगेको छ । यो ५१% वृद्धि दर हो । गएको बर्ष ६९७ (१७.६८%) जनाले ‘वी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए । यस बर्ष ८०४ (२०.५५%) जनाले ‘बी प्लस’ ग्रेड ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको बर्ष ‘वी’ ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५०%) थियो । यस बर्ष ९७४ (२४.९०%) पुगेको छ ।गएको बर्ष १००४ (२५.४६%) को ‘सी प्लस’ ग्रेड आएको थियो । यस बर्ष ‘सी प्लस’ ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४%) पुगेको छ । यसको घट्दो प्रतिशत (–८ %) हो । यससँगै ‘सी’ ग्रेड ल्याउने विद्यार्थीको संख्या (–२९ %) ले घटेको छ । गएको बर्ष यस ग्रेडमा ६२० जना (१५.७२%) उत्तीर्ण थिए । यस बर्ष ४३५ (११.१२%) मा घटेको छ ।

उनले अगाडि भने, ‘९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम प्रदान ग¥यौँ । शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो । प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।’

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img