spot_img
spot_img

मेट्स इन्टरनेशनलको सुविधा सम्पन्न नयाँ कार्यालय चितवनमा उद्घाटन

spot_img
spot_img

विगत १५ वर्षदेखि नारायणगढ चितवनमा सञ्चालनमा रहेको मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेसको शाखाले नयाँ कार्यालय विस्तार गरेको छ ।

सुविधा सम्पन्न उक्त कार्यालयको शुक्रबार मेट्स इन्टरनेशनल नेपालका प्रबन्ध निर्देश प्रकाश पाण्डेले रिबन काटेर गरे । अध्ययन र परामर्शमा थप सहज होस् भनेर नयाँ कार्यालय उद्घाटन गरिएको पाण्डेले बताए ।अन्य कन्शल्टेन्सीको तुलनामा कुनै पनि कुरामा मेट्स कमि नरहेको दाबी गर्दै पाण्डेले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी एकपटक मेट्समा आउन आग्रह गरे ।शहीदचोकमा पहिले रहेकै भवनपछिको तल्लो तलामा नयाँ कार्यालय थप गरिएको हो । मेट्स इन्टरनेशनलले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका विभिन्न देश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श, भिसा एप्लाई गर्नुका साथै आइएलटिएस र पिटीईका कक्षाहरु सञ्चालन गरिरहेको छ ।सुरुवातमा अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि परामर्श दिँदै आइरहेको यस संस्थाले हाल अष्ट्रेलियासहित क्यानडा, युके, युएसए, आयरल्यान्ड एवम् न्युजिल्यान्ड अध्ययन गर्न जाने विद्यार्थीहरुलाई समेत परामर्श दिँदै आइरहेको छ ।

काठमाडौंमा २०६४ बाट र चितवनमा २०६५ मा सुरु भएको मेट्स इन्टरनेशनल सबैभन्दा पहिला अष्ट्रेलियाको सिड्नीबाट सुरु भएको हो । मेट्स इन्टरनेशनलले नेपाल, भारत, अष्ट्रेलिया, लाओस, फिजि र फिलिपिन्स गरि ६ वटा देशका २१ स्थानमा आफ्नो व्यावसायिक संजाल विस्तार गरिसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img