शुभारम्भ कोरियन भाष तालिम केन्द्र सिमरामा समुदघाटन

बारा, २१ पुष –

बाराको सिमरामा शुभारम्भ कोरियन भाषा तालिम केन्द्र संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडान नम्बर १ स्थित ईलाका प्रशासन कार्यालय अगाडी संचालनमा आएको उक्त कोरियन भाषा तालिम केन्द्रको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नु भएको छ ।

सो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख पौडेलले अहिले बैदेशिक रोजगारीमा जान युवाहरुको ताँती लगेको अवस्थामा भाषा र सिप सिकेर जान सके दुख नपाईने बताएका छन । उनले अन्य मुलुक भन्दा दक्षिण कोरिया रोजगारीका लागि उपयुक्त रहेको बताउदै गुणस्तरीय सिकाईमा ध्यान दिन आग्रह गर्नुभयो ।

कोरियन भाषा तालिम केन्द्रका संचालन प्रेम पाण्डेका अध्ययक्षतामा आयोजित उक्त उद्घाटन कार्यक्रम स्वागत राजेश बछार र कार्यक्रमको संचालन सन्तोष पाण्डेले गर्नुभएको थियो । संचालक प्रेम पाण्डे स्वय ६ बर्ष कोरिया बसेर आएका छन । कोरियाको अनुवभलाई सिपको रुपमा विकास गर्ने र आफ्नै ग्रामर बुम भएको, डिजिटल बोर्डको माध्यमबाट पाढाईने र आफ्नै मोवाईल एपबाट हरेक दिन एक्जाम सहितको कक्षा संचालन गरिने संचालक प्रेम पाण्डेले बताए ।

सेयर गर्नुहोस्