संगठित रुपमा घेराबन्दीमा पार्ने षडयन्त्र भएको छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संगठित रुपमा आफुलाई घेराबन्दीमा पार्ने षडयन्त्र भएको बताएका छन् ।

मंगलबार रास्वपाले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा लामिछानेले राज्य र विभिन्न शक्तिहरुले सहकारीको विषयलाई लिएर आफुलाई घेराबन्दीमा पार्ने षडयन्त्र गरेको बताएका हुन् । उनले आफुले जनताका अगाडि शिर निहुरिने कुनै काम नगरेकाले घेराबन्दीमा पार्ने षडयन्त्र सफल नहुने उल्ल्ेख गरे ।

उपप्रधान एवं गृहमन्त्रीले चाहेको भए सहकारी पिडितको समस्या समाधान भइसक्ने भएपनि आफ्नो पछाडीमात्रै लाग्ने काम भएको तर्क गरे । उनले मुलुकलाई अघि बढाउन राम्रो नेतृत्व र राम्रा नीति चाहिने भएकाले नीति निर्माणमा हस्तक्षेप गर्ने उदेश्यका साथ पार्टी अघि बढेको धारणा राखे । उनले आफु र पार्टीलाई जनताले गर्ने प्रश्नले सुधारको बाटो देखाउने बताए ।

त्यस्तै लामिछानेले देश बनाउने मुद्दामा दलहरुका नेताहरुबीच मतभेद भएपनि स्वार्थका विषयमा भने शीर्ष भनिएका दलहरु एक हुने गरेको पनि बताए ।

सेयर गर्नुहोस्