काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको हिउँदे अधिवेशनमा बढि भन्दा बढि विधेयक पारित गर्न जोड दिने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले अहिलेको अधिवेशन विधेयक अधिवेशन भएकाले बढी भन्दा बढि विधेयक ल्याएर पारित गर्न जोड दिने बताएका हुन् । राम्रो वातावरणमा संसद बैठक सुरु भएकोले विधेयकहरु अघि बढ्ने उनले बताए ।