spot_img
spot_img

विश्वकप छनोट : नेपालले टस हारेर बलिङ गर्दै

spot_img
spot_img

काठमाडौं। आइसिसी टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरी खेल्नेछन्। यो खेलको विजेता टोलीले आगामी वर्ष सन् २०२४ मा हुने आइसिसी टी-२० विश्वकप खेल्न पाउनेछ।

नेपाल आजको खेलमा युएईलाई हराउँदै नौ वर्षपछि विश्वकपमा दोस्रो पटक स्थान बनाउने लक्ष्यका साथ मैदानमा उत्रदैछ। नेपालले यसअघि बंगलादेशमा सन् २०१४ मा भएको टि२० विश्वकप खेलेको थियो। त्यसयता नेपाल छनोट हुन सकेको छैन।

प्रतियोगितामा नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने युएई समूह बी को विजेता हो। नेपालले यसअघि भएको समूह चरण खेलमा सिंगापुरलाई आठ विकेटले हराएको थियो भने मलेसियालाई छ विकेटले पराजित गरेको थियो।

त्यस्तै हिजो भएको समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल ओमानसँग पाँच रन पराजित भएको थियो। यता युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो भने हङकङलाई २२ रनले पराजित गरेको थियो।

त्यसैगरी घरेलु मैदानमा टी२० विश्वकप छनोटको तयारी स्वरुप भएको त्रिकोणात्मक टी-२० शृङ्खलाको फाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । नेपाल र युएईबीच लिग चरणको दुई खेल भने नेपालले जितेको थियो तर फाइनलमा भने नेपाल युएईसँग पराजित हुन पुगेको थियो।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव र सन्दीप लामिछाने छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img

संबन्धित समाचारहरु

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

Latest article

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img