‘नवौं नेपाल फर्मा एक्स्पो २०२४’ आजदेखि भरतपुरमा

चितवन । नेपालका औषधि उद्योगहरुहरुको ठूलो पर्व ‘नवौं नेपाल फर्मा एक्स्पो २०२४’ आजदेखि भरतपुरमा तीन दिनसम्म सञ्चालन हुनेछ । नेपाल औषधि उत्पादक संघले आयोजना गरेको एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको हो ।

‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ आयोजित एक्स्पोमा १६० वटा स्टल राखिएका छन् । यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले औषधि उत्पादनमा प्रयोग गर्ने मेसिन–उपकरण, प्रयोगशाला, कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएका छन् । एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ ।

नेपालको औषधी उद्योगको सबभन्दा ठूलो र महत्वपूर्ण पर्वको रुपमा रहेको यस एक्स्पोको आम सर्वसाधारणसँगै चिकित्सक, स्वास्थ्यकर्मी, फर्मासिस्ट, नर्स, औषधि व्यवसायी, सञ्चारकर्मी, उद्योगीले अवलोकन गर्नेछन् । विद्यार्थी र विज्ञान तथा प्रविधिको क्षेत्रमा रुचि राख्नेहरुका लागि यो एक्स्पो महत्वपूर्ण हुने आयोजकको भनाई छ ।

बिहान ७ः३० बजे प्रभातफेरी र १० बजे उद्घाटनपश्चात् चितवन प्रदर्शनी केन्द्र भरतपुरमा एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस्