काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ८५ रनले हराएको छ ।
ब्याटिङ र बलिङ दुवैतर्फ कुशल भुर्तेलले सर्वोत्कृष्ट प्रदर्शन गरेपछि नेपाल पपुआ न्यू गिनीलाई हराउँदै हङकङ त्रिदेशीय टि–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । नेपालले पपुआ न्यू गिनीलाई ८५ रनले बराएको हो । नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे ।
मोंग ककमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९८ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । ३९ बल खेलेका उनले ४ चौका र ४ छक्का हाने ।
सन्दिप जोराले २६ बलमा ५६ रन बनाए । उनले ३ चौका र ४ छक्का हाने । विनोद भण्डारीले २७, विवेक यादवले १९, गुलशन झाले १५, लोकेश बमले १४ रन बनाए । पपुआ न्यू गिनीका लागि असद भालाले २ विकेट लिए । नोसाइना पोकना, जोन कारिको र नोर्मन भानुआले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको पपुआ न्यू गिनी १६.१ ओभरमा ११३ रनमै अलआउट भयो । हिरि हिरिले सर्वाधिक २८ रन बनाए । सेसे बाउले २१, टोनी उराले १३ र नोसाइना पोकनाले १२ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । प्रतिस जिसीले २ विकेट लिए । आकाश चन्द र गुलशन झाले १–१ विकेट लिए ।