राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखहरूद्वारा शपथ

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
राष्ट्रपति पौडेलले यही फागुन २८ गते मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० अनुसार आजै उहाँहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभभएको हो ।

सेयर गर्नुहोस्