चितवन: भरतपुर महानगरपालिका–१० नारायणी नमुना मावि अगाडि आइतवार दिउँसो कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।
आइतवार दिउँसो १२ः१५ बजेको समयमा बा ८ च ३६९ नम्बरको कारले बा प्र०३–००२ प ५२३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक नवलपरासी गैडाकोट नगरपालिका–४ बस्ने ३४ वर्षीय शंकर पौडेल सामान्य र स्कुटर पछाडि सवार भरतपुर–११ बस्ने ६४ वर्षीय एकनारायण पौडेल गम्भीर भाइते भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
दुवै घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए । दुर्घटनामा संलग्न दुवै सवारी साधन र कार चालक झापा मेची नगरपालिका–६ बस्ने बर्ष ३३ को अभिशेक सुवेदी प्रहरीको नियन्त्रणमा रहेका छन् ।