बसको ठक्करबाट कुमालको मृत्यु

सुलीकोट, असार १ गते । बसले ठक्कर दिएका गोरखा नगरपालिका – १० स्थित छेपेटारका स्थायि घर भएका ४५ वर्षीय रामकृष्ण कुमालको उपचारको क्रममा शुक्रवार साँढे २ बजे अस्पतालमा मृत्यु भएको छ ।

गत जेठ २६ गते बिहान ९ बजे पृथ्बीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका – ६ को अकला मन्दिर नजिकै पोखराबाट काठमाडौँ तर्फ जाँदै गरेको जी ए ए ००६७ नम्बरको बसले हिँडिरहेको अवस्थामा ठक्कर दिएपछि तत्कालै उपचारको लागि प्रहरी टोली र स्थानीयको सहयोगमा पोखराको मनिपाल अस्पतालमा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनिपाल अस्पतालले कुमाललाई मृतक घोषण पछि कुमालको सब पोस्टमार्टम गरी परिवारलाई सब बुझाइएको प्रहरीको भनाई छ । केही समय मृतकका परिवारले सत्य तथ्य छानबिनको माग गर्दै सब बुझ्न गाह्रो मानेका थिए । त्यस लगत्तै सम्बन्धित निकाय र घर परिवारको सहमति पछि मृतकको सब बुझेका थिए । त्यस घट्न लगत्तै सवारी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सेयर गर्नुहोस्