विकिलिक्सका संस्थापक असान्ज जेलमुक्त, अब जेल बस्न नपर्ने

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायतको जेलबाट मुक्त भएका छन् ।

लामो समयदेखि चलेको कानूनी लडाइँपछि असान्ज जेलबाट रिहा भएका हुन् ।

अमेरिकी प्रशासनसँग सम्झौता भएसँगै उनलाई जेलमुक्त गरएको बीबीसीमा उल्लेख छ ।

५२ वर्षीय अस्ट्रेलियन नागरिक असान्जमाथि अमेरिकाले राष्ट्रिय सुरक्षासँग जोडिएको दस्ताबेज चोरेको र सार्वजनिक गरेको आरोपमा मुद्दा हालेको थियो ।

सन् २०१० मा असान्जले इराक र अफगानिस्तानसँग जोडिएका गोप्य अमेरिकी फाइलहरु सार्वजनिक गरेका थिए ।

सोही आरोपमा अमेरिकाले बेलायतमा लुकेर बसेका असान्जलाई सुपुदर्गीको मुद्दा हालेको थियो ।

विश्वभरबाट अधिकारकर्मीले चलाइरहेको अभियान, संयुक्त राष्ट्र संघमा बढेको दबाब लगायतका कारण उनलाई रिहा गर्नु परेको बीबीसीले जनाएको छ ।

समाचारका अनुसार अब उनी उनी परिवारसँग बस्नेगरी अष्ट्रेलिया जान पाउने भएका छन् ।

सेयर गर्नुहोस्