समुदरानी थारूको हत्या आरोपी पक्राउ परेका छन्।बर्दिया राजापुर नगरपालिका-८ का २६ वर्षीय शैलेन्द्र चौधरी पक्राउ हुन्।उनलाई बाँके जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक सुजन शाहको टोलीले बाँके जानकी गाउपालिका- १ पचपोखरास्थित नेपाल भारत सिमा क्षेत्रबाट शुक्रबार पक्राउ गरेको हो।
२०८० वैशाख २९ गते बाँके नेपालगंज उपमहानगरपालिका-९ स्थित कोठमा बाँके कोहलपुर नगरपालिका-६ की २२ वर्षीया सुमदरानी मृत अवस्थामा फेला परेकी थिइन्।
उनलाई घाँटी रेटी हत्या गरिएको देखिएपछि सोही दिन उनका परिवारले आरोपित चौधरीविरूद्ध जाहेरी दर्ता गराएका थिए।
जाहेरी दर्ता भएको १४ महिनापछि चौधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए।उनलाई जिल्ला अदालतबाट शुक्रबार नै पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।