नारायणी नदी किनारमा ३ वटा शव फेला

नवलपरासी पूर्व — गैंडाकोटस्थित  नारायणी नदीमा सडे गलेको अवस्थामा ३  वटा  शव फेला  परेको  छ ।  डीएसपी बेदबहादुर  पौडेलका  अनुसार  गैंडाकोट नगरपालिका-१ स्थित मजुवा सामुदायिक वन नजिक २  पुरुष र एक महिलाको  शव  मंगलबार  बिहान  फेला  परेको  हो ।

शव बाढीले बगाएर ल्याएको हो । शवको सरजमिन मुचुल्का गरिरहेको पौडेलले जानकारी दिए ।

सेयर गर्नुहोस्