सुनसरीकाे बराहक्षेत्र नगरपालिका ९ स्थित राजाबासमा गोली प्रहार गरेर लागुऔषध गाँजासहितकाे गाडी प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट खटिएकाे प्रहरी निरीक्षक विकास राईसहितको टोलीले मंगलबार गाँजा बाेकेकाे गाडी नियन्त्रणमा लिएकाे हाे । चक्रघट्टीबाट मधुवनतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ च. ३५७५ नम्बरको जिपलाई शंका लागि रोक्न खोज्दा भागेको थियो । भाग्ने क्रममा प्रहरीले गोली चलाएको थियो । गोली फायर गरेपछि गाडी छाेडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
गाडी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिकले बेरेको पोकामा (२४७ के.जी) लागुऔषध गाँजा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज राईले जानकारी दिए ।