भोजपुरको होम्ताङका स्थानीयबासिन्दा नाङ्लो बुनेर मनग्ये आम्दानी गर्दै

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयबासिन्दाले बाँसको नाङ्लो बुनेर मनग्ये आम्दानी गर्दै आएका छन् । होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको छ ।

हतुुवागढी–६ लङ्खाका ७५, विथारा एक सय ६५, लुम्बुवा एक सय ३५ तथा हतुवागढी–५ सोया गाउँका झण्डै ४० घरपरिवारले व्यवसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् । हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र राईले नाङ्लो भदौ, असोज र कात्तिक  महिनामा सबैभन्दा धेरै उत्पादन हुने गरेको बताउनुहुन्छ ।

दशैँ, तिहार, छठलगायत पर्वमा नाङ्लोको माग उच्च हुने भएकाले अहिलेदेखि नै तयारी हुन थालेको उहाँको भनाइ छ । उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने गरिएको छ । एउटा नाङ्लो एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा खरिद बिक्री हुने गरेको छ ।

सेयर गर्नुहोस्