भरतपुर,कात्तिक ८-
वाग्मती प्रदेशमा सञ्चालित १३ अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट स्वास्थ्य सेवा प्रदायकको सूचिमा परेको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य कार्यालयको कार्यसम्पादनको प्रदेशस्तरीय वार्षिक समीक्षाका आधारमा अस्पताललाई उत्कृष्टता अवार्ड प्रदान गरिएको हो ।
मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालका निर्देशक डा सुमित्रा गौतमले जानकारी दिनुभयो ।
बैठक बुधबार सम्पन्न भएको हो । यसअघि भक्तपुर अस्पतालले उत्कृष्टताको अवार्ड पाएको थियो । अस्पतालले अर्को महिनादेखि एमआरआई सेवा सुरु गर्ने डा गौतमले बताए । रासस