काठमाडौं–
पूर्वराजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्किने भएका छन्। गत साता लुम्बिनी क्षेत्रको भ्रमणका क्रममा रुपन्देही पुगेका शाह आगामी साता नेपालगञ्ज भ्रमणमा जान लागेका हुन् ।पूर्वराजा शाहका संवाद सचिव फणीराज पाठकले आज बिहान एक विज्ञप्ति जारी गर्दै आगामी साता उनी नेपालगन्ज जाने निश्चित भएको जानकारी गराए।