दुर्गा प्रसाईंलाई गराइयो अदालत उपस्थित

काठमाडौँ-

विद्युतीय अपराधमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई बुधबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा निवेदनको सुनुवाइ भएको हो।

पक्राउ परेका प्रसाईंका छोरा निराजनले उनको रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए।यसअघि मंगलबार पनि प्रसाईंलाई प्रहरीले सर्वोच्चमा उपस्थित गराएको थियो। सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको थियो।

दुर्गाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोपसहितका ‘भ्रामक’ सामग्री प्रचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। ओली र प्रसाईं कुनैबेला निकै निकट मानिन्थे।प्रसाईं यहीँ मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका हुन्।

सेयर गर्नुहोस्