काठमाडौँ-
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज काठमाडौँमा बयान लिइँदैछ।सहकारी ठगी तथा संगठिक अपराध मुद्दामा जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका लामिछानेलाई हिजो साँझ काठमाडौँ ल्याइएको हो।
लामिछानेको आज सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान हुने भएको हो।लामिछानेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले काठमाडौं पनि अनुमति दिएको थियो ।पक्राउ पुर्जी जारी भएसँगै काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि बाटो खुलेको थियो ।
उक्त सहकारीको रकम अपचलनबारे पूर्वडीआईजी छविलाल जोशीसँग प्रहरीले बयान लिइसकेको छ। कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौँ ल्याएर यसअघि नै बयान लिइएको छ । रम्तेल स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्ष पनि हुन् ।
स्वर्णलक्ष्मी सहकारीमा राखेको करिब १ अर्ब रुपैयाँ अनियमितता गरेको भन्दै प्रहरीमा ५ सय २८ जनाले २०८१ को वैशाखमा जाहेरी दिएका थिए ।
जीबी राई अध्यक्ष रहेको उक्त सहकारीमा रास्वपा सभापति रविलामिछानेसहितले रकम अपचलन गरेको आरोप लागेको छ।






