काठमाडौँ
महानगरपालिका वडा नम्बर १६ मा जारी उपनिर्वाचनमा ८५ वर्षका एक मतदाताले प्रहरीको सहयोगमा मतदान केन्द्र पुगी भोट हालेका छन्।
स्थानीय ८५ वर्षका श्यामलाल प्रधानले प्रहरी हवलदारको सहयोगमा लैनचौरस्थित सरस्वती क्याम्पस मतदान केन्द्रमा मत खसालेका हुन्।उनलाई प्रहरी हवलदार भुवन श्रेष्ठले मत खसाल्ने ठाउँसम्म पुर्याइदिएका हुन्।बिहान ७ बजेदेखि मतदान भइरहेको छ।यो वडा काठमाडौँ महानगरपालिकाको सबैभन्दा ठूलो हो।नेपाली कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको गएको भदौमा निधन भएपछि सो वडामा उपचुनावबाट पदपूर्ति गर्न लागिएको हो।
वडाध्यक्ष पदका लागि १८ उम्मेदवार प्रतिस्पर्धामा छन्।