भुटानी नरेशले नेपालमा बिताउँदै छन् केही घन्टा

काठमाडौँ-

भुटानका नरेश जिग्मे खेसार नाम्ग्याल वाङचुक मंसिर २१ गते काठमाडौं आउने भएका छन्। उनी २१ गते बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन्। केवल केही घन्टाका लागि।

विहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा केहीबेर रोकिने उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ।  उनी केही घन्टाका लागि मात्र आउने भएकाले नजिकैका बौद्ध तीर्थस्थलसम्म पुग्नसक्ने स्रोतले बताएको छ।

बिहीबार बिहान ९:१० बजे नयाँ दिल्ली ओर्लने भुटानी नरेशले सोही दिन ११:३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ।

नयाँ दिल्लीबाट भुटान फर्कने क्रममा उनी केही घन्टा काठमाडौँमा रोकिनेछन् र केही भेट तथा भ्रमणका कार्यक्रम बन्ने क्रममा रहेको सुरक्षा स्रोतले बताएको छ।

 

सेयर गर्नुहोस्