काठमाडौं ।
नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले चौथो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरका राजेश पुलामी ४ रन र निकोलस किर्तन शून्य रनमा आउट भएका हुन् ।
उनलाई लुम्बिनीका साद बिन जफरले आउट गरे । यसअघि, मार्टिन गप्टिल २८ र इस्मत आलम शून्यमा आउट भएका थिए ।
लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्यमा विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ ।






