काठमाडौं, २१ मंसिर ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरुको तलबभत्ता मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था गर्न सबै स्थानीय तहहरुलाई परिपत्र गरेको छ । गत मंसिर १७ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयको आधारमा सामान्य प्रशासन मन्त्रालयले शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेवापत पाउने तलबभत्ता मासिक रुपमा भुक्तानी गर्ने परिपत्र गरेको हो ।






