एजेन्सी – बोर्डर गावास्कर ट्रफी अन्तर्गतको दोस्रो टेस्टको पहिलो इनिङमा पाहुना टोली भारत १ सय ८० रनमा अल आउट भएको छ ।

दोस्रो टेस्टको पहिलो इनिङमा शुक्रवार टस जितेर ब्याटिङ गरेको भारतले मिचेल स्टार्कको ६ विकेट लिएपछि भारत सस्तैमा समेटिएको हो । भारतका लागि युवा ब्याटर नितिसकुमार रेड्डीले सर्वाधिक ४२ रन जोडे । उनले ५४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
केएल राहुलले ६४ बलमा ३४, शुभमन गिलले ३१, रविचन्द्रन अश्विनले २२ बलमा २२, रिषभ पन्तले २१ रन जोडे ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले १४.१ ओभरमा ४८ रन खर्चिएर ६ विकेट लिए । नाथन लायन र स्कट बोल्यान्डले समान २ विकेट लिए ।
भारत ५ टेस्ट सिरिजका लागि अस्ट्रेलिया भ्रमणमा छ । पहिलो टेस्टमा भारत २ सय ९५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।






