नेपाल प्रिमियर लिग (एनपीएल) को शनिबारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच खेल भइरहेको छ । टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली २० ओभरमा १३३ रन बनाउँदा अलआउट भएप्रतिश जीसीले चार विकेट लिएपछि १३३ रनमा सीमित भयो कर्णाली को छ ।
कर्णालीले अन्तिम ओभरमा एक रन पनि नबनाई ४ विकेट गुमाएको थियो । विराटनगरका प्रतिश जीसीले यो ओभरमा तीन विकेट लिए भने एक जना रनआउट भए । जीसीले चार ओभरमा १७ रन दिएर ४ विकेट लिए भने क्रिस सोल र बसिर हमिदले दुई दुई विकेट लिए ।
कर्णालीका लागि दुई जना ब्याटरले अर्धशतक बनाए । देव खनालले ५३ र विलियम बिस्टोले ६६ रन बनाए । तर, अन्य ब्याटर दोहोरो अंक रन बनाउन असफल भएपछि कर्णालीले विराटनगरलाई सामान्य लक्ष्य दिएको छ ।






