काठमाडौँ, मंसिर २२-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयन क्षेत्रको सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सुरक्षित आकाश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो ।
उहाँले उडान सुरक्षित बनाउन नियमन निकायलाई निरन्तर सचेत गराइएको जानकारी दिँदै हवाई दुर्घटनासम्बन्धी अनुसन्धानका लागि स्थायी आयोग गठनको प्रक्रिया प्रारम्भ भएको बताउनुभयो ।यस वर्ष ‘दिगो भविष्यः आगामी ८० वर्षका लागि सँगै’ नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ । रासस






