काठमाडौं :
नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले दोस्रो जित हासिल गरेको छ। कर्णालीले विराटनगर किङ्सलाई ७ रनले पराजित गरेको हो। कर्णालीले जनकपुरसँग ८ विकेट र काठमाडौंसँग ३ विकेटको हार बेहोरेको कर्णालीले चितवनमाथि ६ विकेटको जित हाँसिल गरेको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १३३ रन बनाउँदै अलआउट भएको थियो। कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनाएको हो।
अन्तिम ओभरमा १५ रन चाँहिदा नन्दन यादवले जम्मा ७ रन दिँदै कर्णालीले अन्तिम समयमा जित निकालेको हो। विराटनगरका लागि कप्तान सन्दीप लामिछाने ६ र प्रतिश जिसी ७ रनमा अविजित रहे। विराटनगरका लागि निकोलस क्रिटोनले सर्वाधिक ४० रन बनाए। उनले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।






