अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौँमा

संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आइपुगेका छन्।

आफ्नो दक्षिण एसिया भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ। उनको यस भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने दूतावासको दाबी छ।

दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई नेपालमा स्वागत छ! आफ्नो दक्षिण एशिया भ्रमणको क्रममा उहाँले काठमाडौँमा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्नुहुनेछ। उहाँको यो भ्रमणले अमेरिका-नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने प्रतिबद्धता प्रस्तुत गर्दछ।’

नेपाली चीनसँग बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर गरेको र अमेरिकी परियोजना एमसीसीमा अपेक्षित प्रगति हुन नसकिरहेको अवस्थामा भएको अमेरिकी उच्च अधिकारीको यस भ्रमणलाई कूटनीतिकवृत्तमा चासोका साथ हेरिएको छ।
सेयर गर्नुहोस्