रवि लामिछानेलाई पर्सा लैजान पोखरा एअरपोर्ट पुर्‍याइयो

काठमाडौं,मंसिर २४-

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा विमानस्थल पुर्याइएको छ ।सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्ने प्रयोजनका लागि पर्सा लैजान उनलाई प्रहरीले विमानस्थल लगेको हो ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई कास्कीको पोखराबाट पर्सा लगिसकिएको छ । लामिछानेलाई काठमाडौं ल्याएर सिमरा हुँदै पर्सा लैजाने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । काठमाडौंबाट गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि कास्की, रुपन्देही, काठमाडौं र चितवन लगिसकिएको छ ।

सेयर गर्नुहोस्