रविलाई पोखरा लैजाँदा ज्यादती गरेको मूल्य कांग्रेस-एमालेले चुकाउनुपर्नेछ: प्रचण्ड

चितवन।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

मंगलबार चितवनमा आयोजित खबरदारी सभामा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले रविमाथि मध्यरातमा प्रहरीबाट ज्यादती भएको दाबी गरे ।उनले भने, “अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य कांग्रेस र एमालेले धेरै चर्को चुकाउनुपर्नेछ ।”

उनले सत्तारुढ दलभित्रै पनि यस्तो अमानवीय र निरंकुश कामको विरोध हुन थालेको बताए ।

रवि लामिछाने प्रकरणले सत्तारुढ गठबन्धनभित्रकै असन्तुष्टि झल्काएको उनको भनाइ थियो ।

सेयर गर्नुहोस्