यू-१९ महिला विश्‍वकप: प्लेअफमा मलेसियाविरूद्ध नेपाल पहिले बलिङ गर्दै

काठमाडौं, माघ ११-

आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको प्लेअफ खेलमा नेपाल र मलेसिया खेल्दै छन् । खेलमा नेपालले टस जितेको छ ।

नेपालकी कप्तान पुजा महतोले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् । नेपालले समूह चरणमा मौका नपाएका दुई खेलाडीहरू स्नेहा महरा र कुसुम गोदारलाई आज मौका दिएको छ ।

नेपाल समूह डी तथा मलेसिया समूह ए बाट अघि बढ्न सकेका थिएनन् । नेपाल आजको खेल जित्दै सान्त्वना जितका साथ घर फर्कन चाहन्छ ।

सेयर गर्नुहोस्