काठमाडौँ, फागुन ६-
नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो ।महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।यसैबीच मंगलबार स्थिर छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम भएको छ ।