नेपाली काङ्ग्रेसको पार्ट्टी कार्यालय घेराउ

२७ फागुन, काठमाडौ

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्यहरू तथा सम्पुर्ण शिक्षकहरुले  नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । मंगलबार नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा शिक्षकहरूले धर्ना दिएका हुन् । उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरेका हुन ।

राजनीतिक दलहरूका केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रमअन्तर्गत मंगलबार कांग्रेस कार्यालयमा धर्ना दिएका हुन् । उनीहरूले शिक्षा अँध्यारो जीवनलाई उज्यालोतर्फ डोर्‍याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे ।
देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे । शिक्षा र शिक्षक लाइ राज्यले यसरीनै अपमान गर्दै गए राज्यले नसोचेको परिणाम बेहोर्नु पर्ने  चेतावनी दिएका छन् । शिक्षकहरुले क्रमश एमाले पार्टी कार्यलय , माओवादी पार्टी कार्यालय लगायत अन्य पार्टिको कार्यालयहरुमा पनि धर्नाको कार्यक्रम राखेका छन ।

सेयर गर्नुहोस्