नेपालले बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा चौथो जित निकालेको छ । आज (बिहीबार) भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकालेको हो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गरेको छ ।
यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । तेस्रो खेलमा श्रीलंकामाथि ७–० को सहज जित निकालेको थियो ।







