चितवनको फोर्ब्स कलेजमा बीबीए : एक करोडभन्दा बढीको छात्रवृत्ति घोषणा

चितवन – भरतपुर-२ क्षेत्रपुरस्थित फोर्ब्स कलेजले सुदूरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन लिएर यस वर्षदेखि बीबीए कार्यक्रम सञ्चालन गर्ने भएको छ । कलेजमा उक्त कार्यक्रमका लागि ६६ विद्यार्थीको कोटा तोकिएको छ र हाल भर्ना प्रक्रिया जारी रहेको कलेजले जनाएको छ ।

कार्यक्रम सुरु हुनासाथ यस वर्ष मात्र एक करोड रुपैयाँभन्दा बढीको छात्रवृत्ति प्रदान गर्ने कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी दिनुभयो । उनका अनुसार छात्रवृत्तिबाट जेहेन्दार, गरिब, जनजाति, शहीद परिवार, अल्पसंख्यक तथा फरक क्षमता भएका विद्यार्थीहरू विशेष रूपमा लाभान्वित हुनेछन् । साथै, पहिलो २० जना भर्ना हुने विद्यार्थीलाई विशेष छात्रवृत्ति प्रदान गरिने पनि प्राचार्य पाठकले जानकारी दिनुभयो ।

कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक शिक्षा, अतिरिक्त क्रियाकलाप, औद्योगिक exposure, व्यक्तिगत विकास तथा व्यवसाय प्रारम्भ (startup) सम्बन्धी कार्यक्रममार्फत अध्यापन गराउने बताएको छ । त्यस्तै, कलेजबाट स्नातक हुने विद्यार्थीलाई आफ्नै व्यवसाय सञ्चालन गर्न तथा रोजगारी प्राप्त गर्न विभिन्न संघ–संस्थासँग समन्वय गरी सहयोग गर्ने व्यवस्था मिलाइने समेत प्राचार्य पाठकले बताउनुभयो ।

सेयर गर्नुहोस्