भरतपुरका उपमेयरको घर जलाउदा ग्यास पड्किएर एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिकाका उपमेयरको घर जलाउदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ । भदौ २४ गते अपरान्ह उप(मेयर चित्रसेन अधिकारीको घरमा आगो लगाउदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर(२१ का १९ वर्षका सरोज गुरुङको उपचारको क्रममा आज मृत्यु भएको हो ।
ग्यास पड्किएर गुरुङको टाउको, छाती र पेटमा चोट लागेको थियो । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो । आगलागीबाट उपमेयर अधिकारीको घर पुर्णरुपमा क्षती पुगेको छ ।

यस्तै पुर्वी चितवनको भण्डारामा खानेपानी ट्याङ्कीको चेम्बरमा डुबेर एक जनाको मृत्यु भएको छ । आज विहान राप्ती नगरपालिका(७ सिक्स ग्रुप स्थित अमृतपानी खानेपानी तथा सरसफाई समितिको चेम्बर भीत्र स्थानीय ४० वर्षका कमल घले डुबेर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्