चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

जेनजी आन्दोलनमा जलाइएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार जलेको अवस्थामा चुच्चेपाटीको भाटभटेनीमा ६ वटा मानव कंकाल भेटिएको हो ।

ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको । जेनजीको आन्दोदनमा आगजनी भएपछि भाटभटेनीमा आगजनी भएको थियो ।

सेयर गर्नुहोस्