फेला पारेका वा चोरी भएका सामान फिर्ता गर्न राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम चितवनको आग्रह

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, चितवनले हराएका तथा चोरी भएका जिन्सी सामान फेला पार्नेलाई फिर्ता गरिदिन आग्रह गरेको छ । सोमबार सार्वजनिक सूचना प्रकाशित गरी कार्यालयले भदौ २४ गतेको आन्दोलनको क्रममा कार्यालयमा आगलागी र तोडफोडका क्रममा सामान लिएर गएकोमा फिर्ता गरिदिन अनुरोध गरेको हो ।

घटनाका क्रममा कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, जिन्सी लगायतका विभिन्न सामाग्री तथा महत्वपूर्ण कागजातहरु लुटपाट तथा आगलागी भएको थियो । यी सामाग्रीहरु कसैले लिएर गएकोमा तत्काल फिर्ता गरिदिनको साथै लगेका व्यक्तिको सम्बन्धमा जानकारी, फोटो, भिडियोहरु भएमा प्रहरी कार्यालय तथा यस कार्यालयमा उपलब्ध गराइदिन कार्यालय प्रमुख महेश रेग्मीले अनुरोध गर्नुभएको छ । पछि लगेको थाहा भएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

सेयर गर्नुहोस्