आज सुनको मूल्य १२०० रुपैयाँले बढ्यो,

स्थानीय बजारमा सुनको मूल्य  आज प्रति तोला १२०० रुपैयाँले बढेको छ ।

बिहिबार प्रतितोला २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला २ लाख २२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्