चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले महोत्सवको माध्यमबाट चितवनको खेल क्षेत्रको विकाससँगै धारासायी अवस्थामा पुगेको अर्थतन्त्रलाई टेवा पुग्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको हो ।
महोत्सव चितवनको नारायणी किनारमा कात्तिक १८ देखि मंसिर २ गतेसम्म सञ्चालन हुन आयोजकले शनिबार (आज) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवले प्रतिभावन खेलाडिहरुलाई राष्ट्रिय स्तरमा चिनाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने चितवन जिला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक राजन कार्कीले जानकारी दिनुभयो ।
मंसिर २ गतेसम्म सञ्चालन हुने महोत्सवमा भलिबल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाताक्रो, एथलेटिक्स, बृद्धिचाल, लगायतका खेलहरु सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई सम्मान एवम् प्रोत्साहन समेत गरिने बताइएको छ । महोत्सवमा दुवई सिटी, बुर्ज खलिफा, वुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावरको प्रतिभालाई आकर्षक बिजुली बत्तीद्धारा सजावट गरी रहनेछ उहाँले बताउनुभयो ।
महोत्सवमा हरेक दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको सहभागिता रहने रहने बताइएको छ । व्यवसायीलाई आफ्नो व्यवसाय प्रवद्र्धनका लागि ४० वटा पगोडा स्टलहरु समेत सञ्चालन गरिने उहाँले बताउनुभयो । हरेक साँझ साढे ६ बजेपछि फुड फेष्टिबल र विशेष सांस्कृतिक कार्यक्रम समेत हुनेछ । बाल उद्यानका सामाग्री र मुभिङ टे«न समेत समावेश गरिने कार्यक्रममा ३ लाखभन्दा बढी दर्शकको सहभागिता अपेक्षा आयोजकको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणका लागि प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीका लागि ७० र अपाङ्गता र जेष्ठ नागरिकलाई निशुल्क टिकटको व्यवस्था गरिएको छ ।