झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।
यहाँस्थित पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छभने बाँकी छ जना यात्रु सकुशल रूपमा आआफ्नो गन्तव्यतर्फ गएका छन् । पच्चीस जना यात्रु सवार बस घटनास्थलमै रहेको र सडकमा यातायात सञ्चालनमा अवरोध नभएको प्रहरीले जनाएको छ ।